२१ चैत, एजेन्सी ।

बलिउड अभिनेत्री प्रत्युषा बनर्जीको आत्महत्याले शोकपूर्ण छ । बलिउडका सबै जसो हस्तीहरुले प्रत्युषाको निधनमा शोक ब्यक्त गरिरहेका छन् ।

यसैबीच चर्चित अभनित्री प्रियंका चोपडाले पनि आत्महत्याको कोशिस गरेको खुलासा उनका पूर्व म्यानेजर प्रकाश जाजुले गरेका छन् ।

priyanka suicide twitt

हलिउड र बलिउडमा सँगै चर्चा बटुलिरहेकी प्रियंकाले करिअरको संघर्षका क्रममा २-३ पटक आत्महत्याको कोशिस गरेको र आफूले रोकेको दावी सहित उनले ट्वीट गरेका छन् ।

उनको ट्वीटले बलिउडमा हंगामा गरेको छ । प्रकाशले प्रियंका र उनका पूर्व प्रेमि अशिम मर्चेन्टलाई मेन्सन गर्दै उनीहरु मध्यरातमा झगडा गर्ने गरेको समेत खुलासा गरेका छन् ।

priyanka chopra crying

प्रियंका मुम्बाइको बासाइ क्षेत्रमा पुगेर आत्महत्या गर्न खोजेको तर आफूले सम्झाइ बुझाइ फर्काएको उनको दावी छ ।

प्रियंका चोपडाको यो भिडियो २४ घण्टामा १० लाखले हेरे (भिडियो सहित)

अमेरिकी टिभीले देखाएको प्रियंकाको बोल्ड सिरियल (तस्विर सहित)

निर्देशकले प्रियंकालाई भने: भित्र बस्त्र देखाए मात्र फिल्म खेलाउँछु

यो दावीबारे प्रियंकाले केही बोलेकी छैनन् । प्रियंका र प्रकाशको सम्बन्ध राम्रो नरहेका कारण उनको दावीबारे पूर्ण विश्वस्त हुन नसकिनेटाइम्स अफ इण्डियाले जनाएको छ ।