२९ कात्तिक, एजेन्सी । मान्छेको नाकभित्र दाँत पलाएको सुन्नुभएको छ ? सुन्नुभएको छैन भने तपाइलाई वास्तविक समाचार हामी सुनाउँछौं । यो घटना हाम्रै छिमेकी देश चीनको हो । ३० वर्षीय झाङ्ग बिन्सेंग नाक बन्द भएपछि उपचारका लागि अस्पताल पुगे ।

डाक्टरले नाकको एक्सरे गराए । त्यतिबेला उनको नाथ्रीमा एक सेन्टिमिटरको दाँत पलाएको पाइयो । यो उनको २० वर्षदेखिको समस्या हो । तर ३ महिना अघिदेखि राति सुत्ने बेलामा सास फेर्न समस्या भएको र सुँघ्ने क्षमता घट्दै गएपछि उनी अस्पताल पुगेका थिए ।

१० वर्षको उमेरमा लड्ने क्रममा दाँत टुक्रिएर उनको नाकभित्र छिरेको थियो । त्यहिँ दाँतले जरा विकसित गरेको थियो । दाँतलाई डाक्टरले ३० मिनेटको शल्यक्रियापछि निकालेका छन् । डाक्टर गुओ लान्मेइले भनेका छन्, ‘जब नाकमा दाँत गयो, त्यतिबेला त्यो निकाल्न सकिएन, त्यहि विकास भएर अहिले समस्या भएको हो ।’