१४ मंसिर, काठमाडौं ।

भारतीय नाकाबन्दीको देखावटी कारण बन्दै आएको मधेश आन्दोलनका मुद्धा सम्बोधनका लागि आज प्रधानमन्त्री ओलीले त्रिपक्षीय बैठक बोलाएका छन् । केही बेरमा शुरु हुने भनिएको यो बैठक भारतीय नाकाबन्दी खुलाउनका लागि गरिएको निर्णायक पहल हुन सक्ने अपेक्षा पनि गरिएको छ ।

आजको वार्ताले मधेश आन्दोलका मागबारे सत्तारुढ तथा विपक्षी दलको संयुक्त विन्दु र मधेश आन्दोलन रोक्नका लागि ३ मुख्य दलले गर्न सक्ने सहमतिको एउटा खाका बन्न सक्ने अनुमान गरिएको छ । तर सबै पक्षको बोली आक्रामक र अडान कायमै रहेका कारण मिलन बिन्दु भेटिन कठिन देखिएको विश्लेषकहरुको भनाइ छ ।

madhesi morcha 3 dal meeting

भारतीय राजदुतको सक्रियता र राजनीतिक हलचलले आजको वार्ताबाट केही निष्कर्ष निस्कन निसक्न पनि सक्ने अनुमान गरिएपनि मधेशी मोर्चाको प्रमुख घटक उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले समय अभावकको गैर जिम्मेवार कारण देखाउँदै वार्तामा नबस्ने बताएपछि निराशाका संकेत पनि देखिएका छन् ।

रञ्जित रे सक्रियः ओलीका दुतको कडा सन्देश

काठमाडौं र दिल्लीमा संगै नयाँ तरंग देखिएका छन् । मधेशीसँगको उच्चस्तरीय वार्ता तयारी हुँदै गर्दै काठमाडौंमा भारतीय राजदुत सक्रिय भएका छन् भने दिल्लीमा रहेका ओलीका दुत एमाले सचिव प्रदीप ज्ञवालीले पनि भारतले आफ्नो नीति बदल्नु पर्ने बताएर कडा सन्देश दिएका छन् ।

पिटिआइसँग प्रदीप ज्ञवालीले भने- भारतको ‘ठूल्दाइ’ प्रवृत्ति अस्वीकार्य

भारतीय राजदूत रन्जित रेले प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै वार्ता गरेर नाकाबन्दी खुलाउन चाल्न सकिने कदमबारे छलफल गरेको बुझिएको छ । यद्यपी राजदुत रे ले अति राष्ट्रवादी बनेर भारतलाई गाली नगर्न नेताहरुलाई सचेत गराएको समेत भित्री श्रोत बताउँछ । आन्तरिक राजनीति भन्दा पनि भारतलाई तारो मात्र बनाउन खोजिए भारत अझै कडा हुन सक्ने सन्देश पनि राजदुते रे ले दिएका छन् ।

भारतीय मिडियाको खुलासा- मधेशी नेताले भारतलाई भने तराइ भारतकै हो

भारतीय सीमा सुरक्षा बल एसएसवीको झापा प्रवेश र ओलीका दुतको कडा टिप्पणी भारतीय मिडियामा हेडलाइन बन्नुले भारत नेपाल सम्बन्ध सजिलै सहज नहुने संकेत गरेको विश्लेषकहरु बताउँछन् ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावलाई कांग्रेस एमालेले सकारात्मकरुपमा नलिएका कारण सहमतिको सम्भावना त्यति नजिक छैन ।

संघीय संमाङ्नको मुद्धालाई बटम लाइन बनाएका मधेशी दल आन्दोलन चर्काउने मनस्थितिमा देखिनु र सरकार राजमार्ग खुलाउन बल प्रयोग गर्न तयार हुनुले सहमति भन्दा झडपकै स्थिति बढ्ने आशंका बढेको छ ।

मधेशका मागका नाममा नाकाबन्दी लादिरहेको भारतलाई भने यो अवस्थाले नाकाबन्दी लम्ब्याउन सहज बनाइरहेको छ ।