३ मंसिर, काठमाडौं ।

नेपालमा मधेशी आन्दोलन शुरु भएदेखि नै विभिन्न प्रोपोगाण्डा सामग्री प्रकाशित गर्दै आएको भारतीय सञ्चार माध्यम अमर उजालाले मधेशी नेताहरुले नेपालको तराइ क्षेत्र भारतकै भूभाग भएको बताएको लेखेको छ ।

भारतले मधेश आन्दोलनलाई कारण देखाएर नाकाबन्दी लगाइरहेको समयमा भारतीय मिडियाबाटै यस्तो खुलासा भएको हो ।

Amarujala headline on Madhes Madhesi Neta 1

मधेशी नेताहरुले तराइको भूभाग भारतकै भूभाग भएको भन्दै आन्दोलनमा सहयोग मागेको अमर उजालाले जनाएको छ ।

इतिहासको उदाहरण दिएर तराइको भूभाग भारतले नै नेपाललाई दिएको समेत दावी गरिएको छ ।

Amarujala headline on Madhes Madhesi Neta

केही समय यता भारतीय मिडियाहरुले मधेशी जनतालाई भारतीय मुलका भनेर प्रचार गरिरहेका छन् ।

सीके राउतलाई उचाल्दै भारतीय मिडिया, गान्धीबादी भन्दै प्रशंसा