६ असोज, काठमाडौं ।

नागरिक समाजका प्रतिनिधीहरुले आन्दोलनकारीहरुसँग वार्ता गरेर असहमतिका विषयमा समझदारी निर्माण गर्न प्रमुख तीन दलका नेता तथा सरकारलाई आग्रह गरेका छन् ।

प्रचण्डसँग सम्बन्ध विच्छेदको अन्तिम तयारीमा बाबुरामः नयाँ शक्ति एकदुई दिनमै

एमाओवादीका नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायत सहभागी राजधानीमा बुधबार आयोजित एक अन्तक्रियापछि बुद्धीजिवी तथा नागरिक समाजका प्रतिनिधीहरुले यस्तो आग्रह गरेका हुन् ।

Interaction With Civil Society_Ashoj 6 (1)
संविधान जारी भएपछि विभिन्न क्षेत्रले त्यसको अपनत्व अनुभव गर्न नसेको भन्दै चिन्ता ब्यक्त गरिएको नागरिक समाजको विज्ञप्तिमा मधेशी, आदिबासी र थारु लगायतका आन्दोलनरत पक्षसँग वार्ता गर्न आह्वान गरिएको छ ।

Interaction With Civil Society_Ashoj 6 (2)

आन्दोलनरत पक्षमाथि बल प्रयोग नगर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।

Press Statement_Ashoj 6