२ मंसिर, भक्तपुर।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले मधेश आन्दोलनका नेतृत्वसँगको निर्णायक वार्ता नेपालका लागि घातक सावित हुने बताएका छन्।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उनले देशका नदी नाला दिएर भन्दा बार्ता असफल भएको जाती र संर्घषलाई निरन्तरता दिनु नै जाती हुने बताएका  हुन।

यतिबेला मधेशवादी दलहरुसँग वार्ताको प्रमुख पात्रको रुपमा रहेकाहरुले निर्णायक बार्ता गर्दैछौ भनेर जसरी प्रस्तुत् भएका छन् यसले नेपालको हित नहुने र देशलाई दिर्घकालिन घाटा पुर्याउँदै नेपालका नदीनाला सुम्पदै वार्ता सफल पार्ने काम मात्र हुने उनको भनाई छ ।

नेपाली राजनीतिमा सबैभन्दा कमजोर नेताका रुपमा प्रचण्ड रहेको र प्रधानमन्त्री बनेका प्रचण्ड र बाबुरामले आफुले के काम गरेँ त्यसको विषयमा समेत समिक्षा गर्नु पर्ने भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको देशका नाममा सन्देश सकारात्मक रहेको टिप्पणी गरे ।

सिंहदरबारमा झुन्डाएर राखिएका प्रधानमन्त्रीका तस्वीरहरु नियाल्दै कसको कार्यकालमा कस्ता काम भएका थिए भन्ने मुल्याकन र समिक्षा गर्नु पर्ने भन्दै उनले हाल आएर अरुलाई दोष लगाउने परम्पराको रोग परित्याग गर्नु पर्नेमा जोड दिए ।

यो पनि पढ्नुस्।
नेपाललाई असहयोगः भारत र नाकाबन्दीको नाम नै लिन नसक्ने अन्तराष्ट्रिय समुदाय
नेपालले पपुवा न्युगिनीसंग दोस्रो खेल खेल्दै – लाइभ भिडियो
एमाओवादी बैठक- मधेशी मोर्चासँग हदै सम्म लचिलो हुने
ओबामाले गरे पुटिनको प्रशंसा
भारतको विदेश नीति नरेन्द्र मोदीको ‘सार्वजनिक सम्बन्धको जिहाद’