२९ पुस, एजेन्सी । भारतको सर्वोच्च अदालतले विनयकुमार शर्मा र मुकेश सिंहले दिएको अपिल खारेज गरेको छ । मंगलबार घटनाको छानविन चेम्बरभित्र भएको थियो । पाँच न्यायाधीसको बेन्चले उनीहरुले दिएको मृत्युदण्डविरुद्धको अपिल खारेज गरिदिएको हो । पाँच सदस्यीय न्यायाधीस प्यानलको अगाडि बोल्दै निर्भयाकी आमा आशादेवीले भनिन्, ‘सात वर्षदेखि निर्भया न्यायको लागि लडिरहेकी छन् । उनको लागि फाँसीको दिन (२२ डिसेम्बर) एकदमै ठूलो दिन हुनेछ ।’

निर्भया सामुहिक बलात्कारको घटनामा दिल्लीको एक अदालतले चार दोषीहरुलाई २२ जनवरीमा फाँसीको सजाय सुनाएको थियो । यौ फैसला ७ जनवरीमा सुनाइएको हो । त्यसपछि पटियाला हाउस कोर्टले फाँसीको लागि २२ जनवरी बिहान ७ बजेको समय दिएको हो । तर फैसलापछि दोषी विनयका वकिल एपी सिंहले सर्वोच्चमा फैसलाविरुद्ध अपिल गर्ने बताएका छन् । ८ जनवरीमा विनय र मुकेश सिंहले पनि फैसलाविरुद्ध अपिल दर्ता गरेका थिए ।

उनीहरुले २०१२ डिसेम्बर १६ मा चलिरहेको बसमा एक युवतीलाई बलात्कारपछि हत्या गरेको एि । जसको नाम ज्योति सिंह हो । त्यो समयमा भारतको कानुनले मृत्यु भइसकेको भएता पनि बलात्कृत युवतीको नाम मिडियामा सार्वजनिक नपाइने नियमका कारण मिडियाले उनको सांकेतिक नाम निर्भया राखेका थियो ।

सम्बन्धित समाचारः अदालतले तोक्यो चार बलात्कारीलाई फाँसीमा झुण्ड्याउने मिति