२० जेठ, काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरमा पुनः मतदान गर्ने निर्णय आएलगत्तै प्रधानमन्त्री प्रचण्ड पुत्र प्रकाश दाहालले कानुनसम्मत भएको बताएका छन् ।

आफ्नो फेसबुक पेजमा प्रतिक्रिया लेख्दै दाहालले घुमाउरो पारामा एमालेले मतपत्र च्यातेको आरोप लगाए । माओवादीले ५ मत च्यातेको भनियो तर ९० मत च्यातिएको भेटियो बाँकी ८५ मत कसले च्यातेको रहेछ घामझैं छर्लंग छ, उनले लेखेका छन् ।

आयोगले कसैको दबाबमा नभई कानुनसम्मत निर्णय गरेको उनले उल्लेख गरेका छन् । उनले सबै दललाई पुन मतदानमा लाग्न र सफलता हासिल गनृ शुभकामना पनि दिएका छन् ।