२० जेठ, काठमाडौं।
फुटबल जगतकैं प्रतिष्ठित पुरस्कार रहेको च्याम्पियन्स लिगको फाइनल खेल आज हुँदैछ । नेपाली समय अनुसार आज राती साढे १२ बजे वेल्सको कार्डिफमा स्पेनिस रियल म्याड्रिड र इटालिएन युभेन्टस्बीच भिडन्त हुन लागेको हो ।

संयोगले यी दुवै टिम यो वर्षको आ–आफ्नो देशका लिग विजेता हुन् । रियलले सेमिफाइनलमा एथलेटिको म्याड्रिडलाई पहिलो लेगमा ३–० को जित र दोस्रो लेगमा २–१ को हार बेहोर्द समग्रमा ४–२ ले हराउँदै फाइनलमा पुगेको थियो ।

उता युभेन्टस्ले पहिलो लेगमा फ्रँन्सको मोनाकोलाई २–० र दोस्रो लेगमा २–१ ले हराउँदै समग्रमा ४–१ ले हराउ“दै फाइनलमा रियलसँगकोभेट पक्का गरेको थियो ।

सबैभन्दा बढी पुरस्कारको खेल
विजेतालाले पाउछन् एक अर्ब ८० करोड ३७ लाख सात हजार चार सय २० रुपैयाँ पाउँछन् । उपविजेताले एक अर्ब २८ करोड ५० हजार चार सय २७ रुपैयाँ नगद पुरस्कार पाउँछन् । विश्वकप फुटबलका विजेतालेसमेत यति नगद पुरस्कार जित्दैनन् ।

कसले प्रभाव छर्लान्
रियलले आज रातीको फाइलन जिते लगातार दुईपटक च्याम्पियन्स लिग जित्ने कीर्तिमान बनाउनेछ । यसका लागि क्रिश्चियानो रोनाल्डो, करिम बेन्जमा, गेराथ बेल, जेम्स रोड्रिगेज प्रभावशाली बन्ने सम्भावना छ । च्याम्पियन्स लिगमा रोनाल्डोले यो वर्ष प्रभावशाली प्रदर्शन गर्दै आएका छन् ।

कम छैन युभेन्टस्
युभेन्टस्का अनुभवी गोलकिपर जियानलुइजी बुफोन रियलका लागि तगारो बन्न सक्नेछन् । किनकी नकआउट चरणमा उनले जम्मा एक गोल मात्र खाएका छन् । क्वारटरफाइनलमा बार्सिलोनाको तगारो पन्साएको युभेन्ट्स उत्साही छ । युभेन्टस् डिबाला, गोन्जालो हिगुइन, डानी अल्भेससँग धेरै नै आशावादी छ ।