अच्यूत रेग्मी
SUSHIL-KOIRALA१ भदौ, काठमाडौ । नेपाली काँग्रेसका सभापति शुशिल कोइरालाले तोकिएकै मितिमा संविधानसभाको दोश्रो निर्वाचन हुने कुरा बताएका छन् । वी.पी चिन्तन प्रतिष्ठान जिल्ला कार्यसमिती सोलुखुम्वुले वी.पी कोईरालाको सतबार्षिकीको पूर्वसन्ध्यामा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति कोईरालाले नेपाली कांग्रेस कमजोर हुँदा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद कमजोर भएको कुरा स्मरण गराएका छन् ।

उनले नेपाली काँग्रेसका लागि चुनाव प्रतिस्पर्धाको रुपमा आएको छ, चुनाव नै प्रजातन्त्रको मुटु हो चुनाव जसले बहिस्कार गर्छ त्यो नै समाजबाट बहिस्कृत हुन्छ कोइरालाले भने । देशमा पन्ध्र वर्षसम्म स्थानिय निकायको चुनावसमेत नभएको अवस्थामा वैद्यजीहरु चुनावमा आँउदिन भन्नु मूर्खता हो, चुनावका लागि वैधसँग बारम्वार कुरा भैरहेको छ कोइरालाले भने । पार्टी स्थापनाको साठी वर्षसम्म नेपाली काँग्रेसले जम्मा तीन वर्षसम्म सत्तामा पुगेको र तीन वर्षको अवधीमा नेपाली शिक्षा, संचार र यातायातको क्षेत्रमा ठूलो प्रगती भएको कुरा व्यक्त गरे ।

माओवादीले बन्दूक पड्कायो भनेर नेपाली काँग्रेसले तोपको कुरा गर्ने, माओवादीले वाईसियल वनायो भनेर नेपाली काँग्रेसभित्र युवा दस्ता बनाउन जरुरत नभएको धारणा राखे । उनले नेपाली काँग्रेसभित्र आँफै युवाहरु सक्रिय रहेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले शक्ति पृथकीकरणको सिद्धान्तलाई आधार मानेर अगाडी नबढेसम्म देश कमजोर हुने कुरा व्यक्त गरे । उनले अहिलेको अवस्थामा विपक्षी दल भन्दा पनि एमाओवादी अध्यक्ष प्रचण्डले नै चुनाव नचाहेको जिकीर गरे । अहिलेको अवस्थामा सर्वोच्च अदालत स्वतन्त्र र निष्पक्ष हुनुपर्दछ तर त्यस्तो नभएको कोइरालाले बताए ।