१ भदौ, काठमाडौ । सिंगापुरमा जारी एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपालले फेरी एकपटक अफगानिस्तासँग पराजित भएको छ । निकै प्रतिष्पर्धा पूर्ण खेलमा नेपालले अफगानिस्तानसँग अन्तिम समयमा घुँडा टेकेपछि सन् २००६ यता हासिल गर्न नसकेको जित आज पनि हासिल गर्न सकेन । नेपाली ब्याट्सम्यानले घुँडा टेकेपछी नेपालले ३ रनको झिनो पराजय बेहोरेको थियो । नेपालका ५ ब्याट्स्म्यान रन आउट भएपछि नेपाली पारी ध्वस्त भएको थियो ।

नेपालका लागी कप्तान पारस खड्काले मात्र ६२ बलमा ६ चौका र २ छक्काको मद्धतले ६० रन जोडेका थिए । यस्तै, ज्ञानेन्द्र मल्लले २४ रन, सरद भेष्वाकरले २४ रन र सुवास खकुरेलले २३ रन जोडेका थिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको अफगानिस्तानले १ सय ७० रनको विजय लक्ष्य प्रस्तुत गरेको थियो । टस हारेर ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय ६९ रन जोडेको थियो । अफगानिस्तानलाइ उक्त स्कोरमा समेट्न नेपालका बसन्त रेग्मीले ३१ रन दिएर ५ विकेट लिए । यस्तै सागर पुन, अभिनाश कर्ण र चन्द्र साउदले समान १-१ विकेट लिए । यस्तै शक्ति गौचनले कुनै विकेट नलिएपनि नकै किफायती बलिङ गर्दै १० ओभरमा मात्र १८ रन दिएका थिए ।

अफगानिस्ताका लागि आश्गरले सर्वाधिक ३३ रन जोडे । यस्तै न्यारोज मन्गलले ३१, गुल्बादीन नाबीले ३०, महोमद शाहजादले २२, महोमद नाबी १७, द्वालत जाद्रानले ११ तथा करिमले ७ रन जोडे । यसैगरी हामिद हासन, मोहिबुल्लाह र सामिउल्लाह सेनवारीले समान ३-३ रन जोड्दै पविलियन फर्किए भने हाम्जा होटकले २ रन जोडे ।