२५ माघ, काठमाडौं ।

भारतमा जारी १२औं दक्षिण एसियाली खेलकूद अन्तर्गत आज नेपालले पहिलो स्वर्ण पदक जितेको छ ।

प्रतियोगिता सुरु भएको पाँचौं दिनमा नेपालका लागि उसुतर्फको नान्ताओमा निमा घर्तीमगरले स्वर्ण पदक दिलाएकी हुन् ।

nima gold medal (1)

हिँजो भएको पहिलो चरणमा उनले ८ दशमलब ४५ र आज भएको दोस्रो चरणमा ८ दशमलब ४६ कूल १६ दशमलब ९१ अंक प्राप्त गर्दै स्वर्ण पदक जितेकी हुन् ।

को हुन् नीमा

रुकुम स्थायी घर भएकी निमा ललितपुरको ग्वार्कोमा बस्दै आएकी छिन् भने उनी डनबस्को बोर्डिङ स्कूलको कक्षा १० मा अध्ययनरत छिन् ।

nima gold medal (2)

उनले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी हुन् । स्वर्ण पदक बिजेता उनले मुलुकका लागि पहिलो स्वर्ण दिलाउन सकेकोमा आपूm गौरवान्वित भएको बताइन् ।

उनले पदक गुरु, स्कूलका शिक्षक, अभिभावक र सम्पूर्ण नेपालीप्रति समर्पण गर्नेसमेत बताइन् । उनले भनिन्– एसएलसी नजिक आइरहँदा पनि मलाई मेरो अभिभावक र स्कूलले खेल्ने वातावरण बनाएको भन्दै सबैंको प्रेरणाले आफूले पदक प्राप्त गर्न सफल भएको प्रतिक्रिया दिइन् ।

नवयुगसँग सेल्फी खिच्दै प्रधानमन्त्रीले भनेका थिए….

नेपाललाई ह्याट्रिक मात्र दिलाउने नवयुग !