२५ माघ, एजेन्सी ।

हाल रसियामा बसिरहेका अमेरिकी गुप्तर संस्था सिआइएका पूर्व अधिकृत एडवर्ड स्नोडेनले अमेरिकाले सन् २०११ को मे महिनामा पाकिस्तानमा मारिएको भनिएका अलकायदाका प्रमुख ओसामा बिन लादेन जिवितै रहेको दावी गरेका छन् ।

बिन लादेन जिवितै रहेको र उनी अमेरिकाको बहमासमा बस्ने गरेको दावी उनले गरेपछि विश्वभरी सनसनी मच्चिएको छ ।

bin Laden Alive

यद्यपी अहिले लादेन कहाँ छन् भनेर आफूलाई ठ्याक्कै थाहा नभएको भनेका छन् । सन् २०१३ मा लादेन अमेरिकामा आफ्ना ५ पत्नि सहित सन्तानको साथमा बसिरहेको प्रमाण आफूसँग रहेको स्नोडेनले बताएका छन् ।

रुसी पत्रिका मस्को ट्र्ब्युनलाई दिएको एक अन्तर्वार्तामा उनले अमेरिकाको बहमासमा बस्ने विन लादेनलाई महिनाको १ लाख डलर दिने गरिएको समेत दावी गरेका छन् ।

edward snowden on laden

अमेरिकाले बिन लादेनलाई मारिएको भनेर झुटो दावी गरेको बताउँदै उनले आफूसँग बिन लादेन जिवितै रहेका प्रमाण समेत रहेको दावी गरेका छन् ।

बिन लादेनलाई सन् २०११ को मे महिनमा पाकिस्तानको एब्बोटाबादमा मारिएको र समुन्द्रमा विसर्जन गरिएको दावी अमेरिकाले गर्दै आएको छ । यद्यपी बिन लादेनको लाश भने सार्वजनिक गरिएको थिएन ।

उनले आफ्नो आगामी पुस्तकमा लादेन जिवितै रहेको प्रमाण सार्वजनिक गर्ने समेत बताएका छन् ।

स्नोडेनले अमेरिकाका विभिन्न गोप्य रिपोर्ट सार्वजनिक गरेपछि सन् २०१३ मा रुस भागेका थिए । हाल उनी त्यही बस्दै आएका छन् ।

बिन लादेन मारिने रात के के भयो?

१५ वर्षपछि खुलासाः विन लादेनले यसरी बनाएका थिए अमेरिका आक्रमणको योजना

यिनले हानेका थिए बिन लादेनलाई ३ गोली (तस्विर सहित)