paris danda९ असोज, काठमाडौ । नेकपा–माओवादीका तीन केन्द्रीय सदस्यसहित करिब ३ दर्जन भन्दा बढी राज्य समिति सदस्य आज एकीकृत नेकपा (माओवादी)मा प्रवेश गरेका छन् ।

मंगलबार नेकपा-माओवादी पार्टी परित्याग गरेका केन्द्रीय सदस्यहरू महेन्द्र पासवान, हरि ज्ञवाली र रवीन्द्र पटेल एमाओवादीमा प्रवेश गरेका हुन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आज एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिका लगाइदिएर पार्टी प्रवेश गराएका छन् ।

तीन केन्द्रीय सदस्यसँगै मिथिला र भोजपुरा राज्य समितिका २५ राज्य समिति सदस्यहरूले राजीनामा दिएका थिए । पासवान र पटेलले मंगलबार नै काठमाडौंमा पत्रकार सम्मेलन गरी ५१ सदस्यीय नेकपा–माओवादी विद्रोही केन्द्रीय तदर्थ समिति गठन गरेका थिए । एकीकृत नेकपा (माओवादी)बाट पार्टी फुटाएर नेकपा–माओवादी बनेपनि वैद्यले राष्ट्रियताका नाममा पूर्वदरबारिया र संघीयता विरोधीसँग मिलेकाले पूरानै घर फर्कन लागेको उनले बताएका थिए ।