mohan vaidya२ भदौ, काठमाडौ । नेकपा माओवादीसहितका मोर्चा र सरकारबीच आज हुने भनिएको वार्ता स्थगित भएको छ ।

आज दिउँसो हुने भनिएको वार्ता नेकपा-माओवादीले तयारी नपुगेको बताएपछी वार्ता स्थगित गरिएको हो । सरकारले आजको वार्ताका लागी तयारी पूरा गरेपनि नेकपा-माओवादीले तयारी नपुगेको बताएपछी वार्ता रोकिएको हो । सरकारका प्रतिनिधीहरू वार्ताका लागी लामो समय कुरेर बसेपनि नेकपा-माओवादीलगायतका दलले आज आउन नसक्ने भन्दै खबर पठाएपछी वार्ता नहुने भएको थियो ।  

निर्वाचनमा सहभागी हुनका लागी आग्रह गर्दै सरकारले माओवादीसहितका दलहरूसँग केही समयदेखी गरिरहेको वार्तामा सहमति हुन सकेको छैन् । सरकारसँग विभिन्न माग राख्दै माग पुरा गरे आफूहरू सरकारमा सहभागी हुन तयार रहेको बताउँदै आएका छन् ।

निर्वाचनमा आउनका लागी ११ बुँदे सहमति र २५ बुँदेलाई खारेज गर्नुपर्ने, निर्वाचनको मिति सार्नुपर्ने, सरकार परिवर्तन ग्रनुपर्ने लगायतका माग राखेर निकै लामो समयदेखी विरोध गर्दै आएका छन् । भने वैद्य माओवादीले यथास्थितिमा हुने निर्वाचनमा भाग नलिने र निर्वाचन समेत हुन नदिने भन्दै चेतावनी दिने गरेको छ।

आज स्थगित वार्ता भोली ४ बजे हुने भएको छ ।