३० कात्तिक, काठमाडौं । सोलुखुम्बु जिल्लामा रहेको हिमालमा कुवेतको झण्डा राखिएको छ । जिल्लाको आमादब्लाम हिमालमा गएका पर्वतारोहीहरुले त्यहाँ कुवेतको झण्डा राखेर आएका छन् । नजिकबाट मात्र नभई परैबाट पनि त्यहाँ राखिएको झण्डा देख्न सकिन्छ ।

हेलिकोप्टरबाट हिमाल वरपर गएको एक भिडियोमा त्यहाँ कुवेतको झण्डा देखिएको छ । शिखर नै छोप्नेगरी राखिएको यो कुवेती झण्डाबारे संसारभरका पर्वतारोहीले आपत्ति जनाएका छन् । कतिपयले पर्वतारोही र व्यवस्थापन कम्पनीसमेतलाई कारवाही गर्न माग गरेका छन् । यद्यपि यो कसले गरेको भन्नेबारेमा अहिले नै पत्ता लागिसकेको भने छैन । हेरौँ भिडियोः

यसरी हिमालमा झण्डा झुण्ड्याएर फर्कने टोलीको खोजि गरी छानविनको दायरामा ल्याउन पर्वतारोही समाज, पर्यटन व्यवसायीहरुले तथा सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले आवाज उठाइरहेका छन् । हिमाल आरोहण गर्दा झण्डा लिएर जान पाउने र त्यहाँ एकछिन राखेर तस्बिर खिच्न पाउने भएता पनि त्यहीँ झण्डा गाडेर आउन भने पाइँदैन ।