९ मंसिर, काठमाडौं ।

भारतमा सत्तारुढ नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीका एक सांसदले नेपालले भारतलाई १५ जिल्ला फिर्ता दिनु पर्ने बताएका छन् ।

पूर्व क्रिकेटर समेत रहेका भाजपा सांसद कीर्ति आजादले बिहारको दरभंगामा आयोजित एक कार्यक्रममा अंग्रेजहरुले नेपाललाई दिएका १५ जिल्ला भारतलाई फिर्ता दिनु पर्ने बताएका हुन् ।

Kriti Ajad BJP samsad

भाजपाका सांसदले अंग्रेजले नेपाललाई दिएका १५ जिल्ला भारतका हिस्सा भएको र त्यो पाउनका लागि नेपालसँग लडाइँ लड्ने समेत बताएका छन् ।

भारतीय मिडियाको खुलासा- मधेशी नेताले भारतलाई भने तराइ भारतकै हो

मधेशी आन्दोलनको समर्थन गर्दी कीर्ति आजादले अव नेपालबाट १५ जिल्ला फिर्ता लिनका लागि लडाइँ लड्ने घोषणा गरेका हुन ।

नेपालमै पसेर भारतीय सुरक्षाकर्मीले गोली चलायो, ४ नेपाली घाइते (तस्विर सहित)

भारतीय सुरक्षाकर्मीले नेपाल छिरेर गोली चलाएको एक दिन अघि भाजपा सांसदले यस्तो बताएको भारतीय सञ्चार माध्यम जागरणले जनाएको छ ।

Kriti Ajad BJP samsad 1

‘मधेशी जनता बचाउनुस्’ भन्दै नरेन्द्र मोदीलाई बिन्ती पत्र (पत्र सहित)