२१ कात्तिक, काठमाडौं । अरब सागरमा विकसित ‘माहा’ नामक शक्तिशाली चक्रवातको आंशिक प्रभाव नेपालमा पनि परेको छ । यसैको प्रभावले देशभरको मौसम आज बद्ली भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सांकेतिक तस्वीर

‘माहा’को प्रभाव देशैभर परेपनि पश्चिममा यसको बढी प्रभाव रहने बताइएको छ । आज पश्चिम र मध्यभूभागलगायत पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । पश्चिमी भूभागका साथै पूर्वी र मध्यपहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भूभागमा हिमपातको संभावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

‘माहा’कै प्रभावका कारण काठमाडौंसहित अधिकांशको आकाश धुम्मिएको छ भने घाम राम्रोसँग लागेको छैन । हिमपातको संभावना रहेकाले उच्च पहाडी र हिमाली भूभागमा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।