७ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को जोखिम न्यूनिकरण र अनुभव आदान प्रदानका लागि चीनले नेपाल लगायतका विभिन्न देशहरुसँग भिडियो कन्फ्रेन्स गरेको छ ।

भिडियो कन्फ्रेन्समा नेपाल, भारत, पाकिस्तान भुटान लगायत विभिन्न २२ देशहरुको सहभागिता रहेको थियो । कन्फ्रेन्सबाट कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चीनले चालेको कदम र पाएको सफलताका विषयमा अन्य मुलुकहरुलाई जानकारी दिइएको थियो ।

भिडियो कन्फ्रेन्समा सहभागि देशहरुले कोरोनाले आर्थिक, सामाजिक र मनोवैज्ञानिक असरलाई कसरी सामना गर्ने भन्ने विषयमा चीनसँग जानकारी लिएका थिए । कोरोनाको उद्गम स्थल चीनसँगे उसले पाएको कोरोनाविरुद्धको सफलता र कोरोना नियन्त्रणका लागि अरु देशलाई गर्न सक्ने सहयोग विषयमा समेत छलफल भएको थियो ।