३० असोज, काठमाडौं ।

यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको गोवामा छन् । विकाशशील देशहरुको समूह ब्रिक्सको सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका प्रचण्डले चिनियाँ राष्ट्रपति देखि भारतीय प्रधानमन्त्री सम्मलाई भेटिसकेका छन् ।

प्रचण्ड र चिनियाँ राष्ट्रपति कुरा हुँदै गर्दा मोदी छिरेपछि..

ब्रिक्स सम्मेलन साइड लाइनमा अनौपचारिक ढंगले त्रीपक्षीय भेटघाट समेत भएको छ । चिनियाँ राष्ट्रपति र नेपालका प्रधानमन्त्रीबीच भेटवार्ता भैरहेको कक्षमा भारतीय प्रधानमन्त्री प्रवेश गरेपछि त्रीपक्षीय अनौपचारिक वार्ता समेत हुन सकेको हो । प्रचण्ड र सि जिनपिङबीच अनौपचारिक कुरा चलिरहँदा मोदी आइपुगेपछि तीनै नेता बीच थप २० मिनेट वार्ता भएको जानकारी प्रचण्डका स्वकीय सचिव तथा पुत्र प्रकाश दाहालले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन् ।

prachanda-xi-jinping-modi-with-sita-dahal

हिँजो (शनिबार) चिनियाँ राष्ट्रपतिसँग वान-टू-वान भेटवार्ता गरेका प्रधानमन्त्री प्रचण्डले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वान-टू-वान भेट गर्दैछन् ।

केही समय अघि मात्र भारत भ्रमणमा गएर फर्केका प्रचण्डलाई स्वागत गर्न मोदीले आफ्नो ट्वीटरको प्रयोग गरेका छन् । उनले ट्वीटरमा नेपाली र अंग्रेजी भाषामा फरक फरक ट्वीट गर्दै प्रचण्डको भ्रमणले भारत नेपाल सम्बन्ध थप मजबुद बन्ने आशा ब्यक्त गरेका छन् । उनले प्रचण्डलाई भारतमा न्यानो स्वागत गरिएको समेत ट्वीटरबाटै जानकारी दिएकाछन् ।

 

मोदीलाई जवाफः “नाकाबन्दी करके जो दुख दिया वो कभि नहीं भुलेंगे”

मोदीले प्रचण्डलाई स्वागत गरिएको र सम्बन्ध मजबुद बन्ने भन्दै अंग्रेजी भाषामा पनि अर्को ट्वीट गरेका छन् । मोदीले नेपाली भाषामा गरिएको ट्वीटमा रोचक र घोचक जवाफ पाएका छन् ।

modi-with-ajit-doval

तिखे नाममा ट्वीटर ह्याण्डल चलाउने एक नेपालीले मोदीलाई हिन्दीमा जवाफ फर्काउँदै भनेका छन्, “प्रचण्ड और भारत बिच तो सम्बन्ध प्रगाढ होगा लेकिन नेपाली जनता से नही नाकाबन्दी करके जो दुख दिया वो कभि नहीं भुलेंगे”।

 

त्यस्तै अर्का ट्वीटर प्रयोगकर्ता सञ्चारकर्मी गजेन्द्र बुढाथोकीले नेपालीमै जवाफ लेखेका छन्, “चाचाजी तिम्रा कारिन्दाले लेखेको नेपालीले नेपालीजन प्रभावित हुनेवाला छैनन्, नाकाबन्दीका घाउ आलै छ। यसपाली सब्जी बिकेन” ।

 

अर्का नेपाली ट्वीटे जंगी निशानले मोदीलाई जवाफ फर्काउँदै नेपाली भाषा र नेपाली झण्डालाई भारतको राष्ट्रिय बनाउन प्रस्ताव गरेका छन् ।

 

मोदी विरुद्ध नेपालमा समय समयमा ट्वीटर ट्रेण्डिङ समेत भएका छन् । शुरुमा निक्कै लोकप्रिय रहेका मोदीलाई नाकाबन्दीपछि भने नेपालीहरुले तिव्र घृणा गर्छन् ।

गोवामा रहेका प्रधानमन्त्री प्रचण्डले हिजै चिनियाँ राष्ट्रपति तथा भुटानी प्रधानमन्त्रीसँग भेट गरी आपसी हित तथा क्षेत्रीय चासोका विषयमा लामो कुराकानी गरिसकेका छन् ।

बेइमानी गरे प्रचण्ड सिद्धिन्छन्

चिनियाँ राष्ट्रपतिसँगको भेटमा उनको जतिसक्दो छिटो नेपाल भ्रमणका लागि आग्रह गर्नुको सँगसँगै विगतमा गरिएका सन्धि सहमतिको कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याउने तथा सहयोगका अन्य क्षेत्रका बारेमा विस्तृत रूपमा कुरा राखेका छन् । चिनियाँ राष्ट्रपतिले यसै वर्ष नेपाल भ्रमण गर्ने इच्छा ब्यक्त गरेका छन् ।