१४ बैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली क्रिकेट खेलाडीको रोकिएको तलब दिने भएको छ ।

नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि खेलाडीहरुले १५ महिनादेखि तलब पाएका थिएनन् । आईसीसीको बोर्ड बैठकले नेपाली खेलाडीलाई रोकिएको तलव उपलब्ध गराउने निर्णय गरेको हो ।

निलम्बन फुकुवाका लागि भइरहेको प्रक्रियाको पनि आइसीसीले स्वागत गरेको छ । क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले २०७३ बैशाखमा क्यानलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

निलम्बनसँगै क्यानको बैंक खाता पनि रोक्का भएपछि खेलाडीले तलव पाउन सकेका थिएनन् ।