६ बैशाख, काठमाडौं ।

नामिबियामाथि शानदाररुपमा लगातार दोश्रो जित हासिल गरेको नेपाली क्रिकेट टिमलाई सत्तारुढ दलका नेताहरुले बधाइ दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले नेपाली टिमलाई बधाइ दिएका हुन् ।

एक वर्ष अघिको बाचा पारस खड्काले यसरी पुरा गरे

क्रिकेट हेर्न रंगशाला पुगेका प्रधानमन्त्री ओलीले ट्वीट गर्दै नेपाली टिमलाई बधाइ दिएका छन् । उनले यस अघि गत शनिबार पनि नेपाली टिमलाई जितका लागि बधाइ दिएका थिए ।

PM Oli twitt on Nepal victory over Namabiya 1

उता एमाओवादी अध्यक्ष प्रचण्डले वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपाली खेलाडीहरुले आज देखाएको खेल कौशलताको प्रशंसा गर्दै बधाई ज्ञापन गरेको सचिवालयले जनाएको छ ।

नामिबियामाथि नेपालको ऐतिहासिक दोश्रो जित

सामाजिक सञ्जाल मार्फत प्रचण्डले बधाई दिँदै भनेका छन्, ‘वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपालको आजको दोस्रो जितका लागि सम्पूर्ण खेलाडी तथा प्रशिक्षकमा हार्दिक बधाई छ’ ।

prachanda twitt on Nepal win on Namabiya 1

आजको खेलमा नेपालले ३ दिन भित्र नामिबियाबिरुद्ध दोस्रो जित हासिल गरेको हो । ३ विकेट सहितको जितमा नेपालका लागि कप्तान पारस खड्काले शतकीय पारी खेले । यसअघि शनिबार सम्पन्न खेलमा पनि नेपालले ५ विकेटले जीतेको थियो ।

नेपाल सहित ५ सिकारु देशले बनाएका क्रिकेटका ५ अपत्यारिला रेकर्ड