मजदुरहरुको ऐतिहासिक जितः अध्यक्ष उदय राई

विकाश श्रेष्ठ ।
३ भदौ, सोल ।
क्षिण कोरियामा प्रवासी हक अधिकारका लागि क्रियाशिल प्रवासी मजदुर संघ एमटियूले सरकारबाट पनि कानूनी मान्यता प्राप्त गरेको छ । राजधानी सोलस्थित श्रम विभागमा पच्चिस दिनको धर्ना पछि आज विभागले संघ दर्ता र प्रमाणपत्र दिएपछि एमटियू विधिवत् रुपमा कोरियाको पहिलो प्रवासी मजदुर संघको रुपमा स्थापित भएको छ ।

करिब दश वर्ष लामो संघर्ष पश्चात गएको जून पच्चिस तारिख सर्वोच्च अदालतले वैधानिकताको मान्यता दिएपनि विभागले दर्ता र प्रमाणपत्र दिन अस्वीकार गरेपछि एमटियूले विभाग अगाडि धर्ना दिदै आएको थियो ।

Korea Nepali case won 1

विभागले संघको विधानमा रहेको प्रवासी मजदुर नीतिमा सुधार गर्दै कार्य भिषा प्रणाली लागू गराउनका साथै मजदुरको हक अधिकार सुनिश्चित गर्न एमटियू संघर्षरत हुनेछ भन्ने बुदाँमा गम्भिर असहमती जनाउदै दर्ता गर्न अस्वीकार गरेको थियो । यद्यपी एमटियूले आफ्नो अडान यथावत् राख्दै विभाग अगाडि धर्ना दिदै आएको थियो ।

आज दर्ता र प्रमाणपत्र दिएसँगै अब एमटियूले कोरियामा रहेका झण्डै दश लाख प्रवासी मजदुरलाई संगठित पारी साखा संगठन खोल्न तथा विस्तार गर्न बाटो खुलेको छ ।

यसैबीच दर्ता र प्रमाणपत्र प्राप्त गरेपछि नेपाली हेडलाइन्ससँग कुराकानी गर्दै एमटियूका अध्यक्ष उदय राईले यो सम्पुर्ण प्रवासी मजदुरहरुको ऐतिहासिक जित भएको बताए । उनले आगामी दिनमा सवै प्रवासी मजदुरहरुलाई संगठित पारी मजदुर तीन अधिकार र कार्य भिषा प्रणाली लागु गर्नको लागि संघर्ष गरिने बताए ।

Korea Nepali case won

सरकारी मान्यता पाएसँगै प्रवासी मजदुरहरु उत्साहित र खुसियाली छाएको छ । चर्चित मजदुर तीन अधिकारमा संगठन खोल्ने, काम र तलबका बारेमा चित्त नबुझे कम्पनी व्यावश्थापनसँग सवाल गर्न र माग पुरा नभए आन्दोलन गर्न पाउने अधिकार छ भने कार्य भिषा प्रणालीमा कोरिया प्रवेश गरेपछि दश वर्ष सम्म काम गरी बस्न पाउनुपर्ने र चाहेको समयमा कम्पनी परिवर्तन गर्नु रहेको छ । यद्यपी कार्य भिषा प्रणालीको बारेमा कोरिया सरकारले अझै सम्म कुनै निर्णय गरिसकेको छैन ।