६ मंसिर, नयाँदिल्ली ।

नेपालमा गरिएको नाकाबन्दीले सकारात्मक भन्दा बढी नकारात्मक परिणाम दिने संकेत देखिएपछि नरेन्द्र मोदी नेतृत्वको सरकार अव नेपाल नीतिमाथि समिक्षाको चरणमा पुगेको छ ।

शनिबार नयाँ दिल्लीमा भएको पूर्व कुटनीतिज्ञ सहितको बैठकबाट यस्तो संकेत देखिएको छ । नेपालमा जारी राजनीतिक समस्या, मधेस आन्दोलन र अघोषित नाकाबन्दीको पृष्ठभूमिमा शनिबारको लोकसभामा नेपाल विशेष परामर्श बैठक भएको थियो ।

Modi in UK 1

राष्ट्रसंघमा उपमहासचिव रहिसकेका पूर्वमन्त्री तथा सांसद शशी थरुरले नेपालमाथिको भारतीय ब्यवहारमा छिटै परिवर्तनको संकेत गरेका छन् । उनले गरेको ट्वीटमा नेपाल नीति परिवर्तन हुने संकेत देखिन्छ ।

नेपालमा मोदीलाई पश्चाताप मात्र हात लाग्नेछ – भारतीय सम्पादक

नेपालबाट सोधिएको प्रश्नमा भने छलफल गोप्य रहेको र कार्यन्व्यन भएपछि आफै थाहा हुने जनाएका छन् । शशी थरुरले यस अघि नै नेपालमा मोदीको नीति असफल हुने र अमेरिकाले चीनमा भोगेको नियती मोदीले नेपालमा भोग्ने भन्दै लेख लेखेका थिए । 

Sahsee Tharoor Twitt on Nepal discussion

शशी थरुर सहभागी भएको लोकसभामा रहेका नेपाल समर्थक एवं शुभेच्छुक दलीय नेताहरुको दबाबमा विदेशमन्त्री सुष्मा स्वराजको अध्यक्षतामा बसेको बैठकमा नेपालमा उब्जिएको मानवीय तहको समस्या तदारुकताका साथ सुल्झाउन दबाब दिइएको बताइन्छ ।

शशी थरुरले निक्कै रचनात्मक र खुला छलफल भएको र नेपालबारेको नीतिमाथि तत्कालै पुनर्विचार हुने संकेत गरेका हुन् ।

शशी थरुर भन्छन्- अमेरिकाले चीनमा भोगेको नियती मोदीले नेपालमा भोग्छन् (भिडियो सहित)

मोदीको नेपाल नीति असफल भएको भन्दै ब्यापक आलोचना भएपछि मोदी सरकारले नेपाल नीतिबारे ब्यापक फेरबदलको तयारी थालेको हो ।

भारतको विदेश नीति नरेन्द्र मोदीको ‘सार्वजनिक सम्बन्धको जिहाद’