१० भदौ, काठमाडौं । भारतमा जारी १५ वर्ष मुनीको साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा अहिले नेपाल बंगलादेशसँग भिड्दैछ ।

कल्याणी रंगशालामा नेपाली समय अनुसार आज मंगलबार दिउँसो सवा ३ बजे हुने खेलमा नेपाललाई जित्नैपर्ने बाध्यता छ । नेपाल यसअघि खेलेका दुई खेलमा पहिलोमा भारतसँग ५–०ले पराजित भएको थियो भने दोस्रोमा श्रीलंकालाई २–० ले हराएको थियो । दुई खेलबाट ३ अंक जोडेको नेपाल अंकतालिकाको तेस्रो स्थानमा छ ।

आज जितेमा नेपालको फाइनल प्रवेशको संभावना जिवितै रहनेछ । वंगलादेश विजयी भएमा भने फाइनलमा स्थान सुरक्षित गर्नेछ र नेपालकाे संभावना सकिनेछ । नेपालले समूह चरणको अन्तिम खेल पर्सि बिहीबार भुटानसँग खेल्नेछ । पाँच टिम सहभागी प्रतियोगिताको शीर्ष दुई टोलीबीच उपाधिका लागि भिडन्त हुनेछ ।