११ साउन, काठमाडौँ ।

धितोपत्र बजारमा आज पनि नेप्से परिसूचक बढ्ने क्रम रोकिएन । नेपाल स्टक एक्चेन्जकाअनुसार नेप्से परिसूचक २८ अङ्कले वृद्धि भई एक हजार ८६० विन्दुमा पुगेको छ । कुल १४३ कम्पनीको रु दुई अर्ब ७५ करोड ३७ लाख ७९ हजार ४९२ मूल्य बराबरको ५८ लाख ८८ हजार ७११ कित्ता सेयर कारोबार भएको छ ।

भारतले हार्‍यो १ खर्व ७ अर्वको मुद्धा

उत्पादन समूहको मात्रै सेयर कारोबारमा कमी आएको छ । सो समूहको सेयर २.७७ प्रतिशतले घटेको छ ।

NEPSE 11 asar

बैंक १.५७, होटल ३.६६, विकास बैंक ३.९९, जलविद्युत् १.१४, फाइनान्स २ं५४, बिमा ०.३५ र अन्य समूह ०.१० प्रतिशतले बढेको छ । पछिल्लो दुई दिनदेखि लगातार बढ्दै आएको नेप्से परिसूचक सोमबार र मङ्गलबार मात्रै करिब ६० विन्दुले बढेको स्टकले जनाएको छ ।

ओली सरकार ढलेपछि चीनको पहिलो प्रतिक्रिया

धितोपत्र बजारमा कार्यरत दलालको सुविधा केही कटौती भएपछि बजारमा लगानीकर्ताको उल्लेख्य उपस्थिति देखिएको छ । विशेष गरी विकास बैंक र होटल समूहमा लगानीकर्ता ओइरिएपछि बजार २८ अङ्कले बढेको बताइएको छ । रासस