१६ साउन, काठमाडौं ।

नेपाली काग्रेसले आन्तरिक विवाद मिलाउदै महाधिवशेनको तयारीमा लाग्न नेपाल बिद्यार्थी संघलाई निर्देशन दिएको छ ।

राष्ट्रपतिलाई प्रचण्डले भने सहमतिको सम्भावना छैन

आइतबार सिंहदरबारमा नेविसंघका अध्यक्ष रञ्जीत कर्ण लगाएतसंग छलफल गर्दे काग्रेसका सभापति शेर वहादुर देउवा लगाएत शिर्ष नेताले महाधिवशेनको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

nebisangha sher bahadur deuwa 74534418

फाइल तस्विर

महाविधेशन नजिकिदै जादा अनसन लगाएतका बिरोधको आवाज सुनिएको भन्दै काग्रेस नेतृत्वले यसको बिबाद मिलाउन नेविसंघ नेतृत्वलाई निर्देशन पनि दिएको छ । बैठकमा महाधिवेशनको आर्थिक लगाएतका बिषयमा पनि छलफल भएको नेता दिलेन्द्र बडुले जानकारी दिए ।

सेनालाई चिनियाँ राष्ट्रपतिको आदेश- युद्ध जित्न तयार होउ ! भारतीय मिडिया तर्सिए

नेविसंघका अध्यक्ष रञ्जीत कर्णले बैठकमा महाधिवशेनको तयारीका बिषयमा आफुले जानकारी गराएको भन्दै महाविधेशन हुदैं गर्दा बिरोध आफै हटेर जाने बिश्वास व्यक्त गरे ।

२०६४ सालेदेखि नेविसंघको महाधिवेशन हुन सकेको छैन । आठपटकसम्म मिति घोषणा हुने र स्थगित हुने क्रम चल्दै आएको छ । यसपटक पनि महाधिवेशन सुरु हुन केहि दिनमात्र बाँकी छँदा महाधिवेशन हुने वा नहुने भन्नेमा नै अन्यौलता छ ।

साउदी विमानस्थलमा १० हजार भारतीय फसे

नेविसंघका असन्तुष्ट पक्ष बिभिन्न माग राख्दै काग्रेस पार्टी कार्यालयमा अनसन बसिरहेका छन् ।

यस अघि पनि देउवाले तत्काल महाधिवेशनको तयारी थाल्न नेविसंघलाई निर्देशन दिएका थिए । आफ्नो अघिल्लो आदेश उल्लङ्घन हुने संकेत देखिएपछि देउवाले अर्को निर्देशन दिएका हुन् ।