२२ मंसिर, काठमाडौं ।

विश्वमा पर्यटकीय स्थलको सूची सार्वजनिक गर्दै आएको नेशनल जोग्राफिक ट्राभलरले सन् २०१६ का लागि पर्यटकीय गन्तब्यको सूचीमा नेपाललाई अग्र स्थानमा राखेको छ ।

विश्वका उत्कृष्ठ पर्यटकीय गन्तब्य अर्थात कुल लिष्टमा नेपाल छैठौं स्थानमा परेको छ । नेशनल जोग्राफिक ट्राभलरले विश्वको सबैभन्दा कुल पर्यटकीय देशकोरुपमा इरानलाई राखेको छ भने दोश्रो नम्बरमा कोष्टारिका परेको छ ।

तेश्रो स्थानमा अमेरिकाको वासिङटन डिसी छ भने चौथो स्थानमा आयरल्याण्ड परेको छ । ५ नम्बरको क्यूवापछि छैठौं स्थानमा नेपाललाई राखिएको छ ।

Cool 16 places by national geography (10)

भूकम्पले प्रभावित भएको नेपालमा नाकाबन्दी सहितका अनेक तनावका कारण पर्यटकको संख्या घटेपनि नेशनल जोग्राफिक ट्राभलरले नेपाल अहिले पनि विश्वका उत्कृष्ठ पर्यटकीय गन्तब्यमा पर्ने जनाएको छ ।

नेपाल पछि ७ औं स्थानमा चीनको सांघाइलाई कुल पर्यटकीय स्थलकोरुपमा राखिएको छ ।

यी हुन विश्वका उत्कृष्ट १६ पर्यटकीय गन्तब्य हेर्नुहोस् तस्बिरमा

को हुन् भारतको संसद थर्काउने नेपालका सच्चा मित्र मणि शंकर