-कुशल श्रेष्ठ

नाशाले पठाएको न्यु होराइजन्स यम ग्रहलाई पार गरेर अगाडी बढीसकेको छ। यो प्रतिघण्टा ५७, ९३६ किलोमिटर को गतिमा उड्नसक्छ। यो गति निकै उच्च हो, पृथ्वीमा यस्तो गतिमा उड्नसक्ने कुनै विमान अहिले सम्म बनेको छैन। पृृथ्वीमा जस्तो अन्तरिक्षमा हावा हुदैन। हावासंगको घर्षणले पनि पृथ्वीमा छिटो चल्ने विमान बनाउन निकै खर्च गर्नुपर्छ। तर अन्तरिक्षको कुरा फरक छ।

गुगलका एक डेभलपर ‘क्ले बेभर’ले एउटा चल्ने तस्विर बनाएका छन्, हामी यात्रा गर्ने विमान र नासाको न्यू होराइजन्स अन्तरिक्षयानको गतिमा कति अन्तर छ भनि यो तस्बिरले प्रष्ट पार्ने खोजेको छ।

जमीनबाट ११,२७८ मिटरको (३७,००० फिट) उचाइमा ‘बोइङ्ग ७४७’, ‘ब्ल्याकबर्ड एस्.आर.-७१’ र ‘न्यू होराइजन्स’ मा बसेर हेर्दा कस्तो बाहिर कस्तो देखिन्छ भनेर यो तस्विरले देखाउँदछ।

बोइङ्ग विमानको गति ८८५ किलोमिटर प्रतिघण्टा छ। यो विमान यात्रु बोकेर सबैभन्दा छिटो उड्न सक्ने विमान हो। त्यस्तै ब्ल्याकबर्डको उच्च गति ४,३४५ किलोमिटर प्रतिघण्टा रहेको छ भने, यो विमानले बनाएको उच्च गतिको रेकर्ड पृथ्वाका अन्य विमानले अहिले सम्म तोड्न सकेको छैन। अन्तरिक्षयान न्यू होराइजन्सको गति ५७,९३६ किलोमिटर प्रतिघण्टा रहेको छ।

यी तीन प्रकारका विमानमा बसेर हेर्दा बाहिरको दृश्य कुनको अनि कति छिटो चल्छ लौ हेर्नुहोस,speed

वास्तवमा, न्यू होराइजन्स यम ग्रहको नजिक नरोक्किइ सिधै त्यसलाई पार गरेर जानुको कारण पनि यहि नै थियो, किनभने यो अति नै छिटो गतिमा यात्रा गरिरहेको छ। “न्यू होराइजन्सलाई प्लुटोको कक्षमा रोक्नको लागि त्यसको गतिलाई ९० प्रतिशतले कम गर्नुपर्ने हुन्छ, जसले गर्दा उक्त विमानले बोक्न सक्ने भन्दा १००० गुणा बढी इन्धनको खपत हुन्छ।”, नासाका एक वैज्ञानिक ‘जोर्ज डिभोर्सकी’ले भने।

यो पनि हेर्नुहोस्-

अब मानिसपनि ध्वनिको गतिमा यात्रा गर्न मिल्ने- स्पेस एक्सको योजना

विश्वका सबैभन्दा तेज कार, विमान, कम्प्युटर अनि मानिस