१० पुस, एजेन्सी ।

मेक्सिकोको सवै भन्दा ठूलो पटाका बजारमा भएको विस्फोटमा परी मृत्युहुनेहरुको संख्या शनिबारसम्म ३६ पुगेको छ । ती मध्ये एक महिलाको शरिर ९० प्रतिशत जलेको छ ।mexico-fireworks-blast-112398

स्थानीय समयानुसार मङ्गलबार अपराह्न २ः५० बजे भएको विस्फोटमा परी २६ जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको थियो । बाँकी १० जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि सो सङ्ख्या ३६ पुगेको अधिकारीहरले जानकारी दिएका छन्।

घटनामा परी घाइते भएका मध्ये अरु ६० जनाको अवस्था पनि गम्भीर रहेको उनीहरुले बताएका छन् । घाइते भएका मध्ये २१ जना भने उपचारपछि घर फर्किएका छन् ।

नयाँ बर्ष मनाउनका लागि सामान किन्न उपभोक्ताहरुको अत्याधिक भिड लागेको बेला विस्फोट भएको बताइएको छ ।

नयाँबर्ष र क्रिसमसको अवसरमा ल्याटिन अमेरिकी धेरै देशहरुमा धेरै पटाका पड्काउने गरिन्छ ।

अग्नी नियन्त्रण दलमा सदस्यहरुको तीन घण्टासम्मको प्रयासपछि आगलागीलाई नियन्त्रणमा लिइएको बताइएको छ ।