१० पुस, एजेन्सी।
रसियाको दक्षिणी सहर आद्लेरबाट उडान भरेको रसियाली सैनिक विमानको भग्नावशेष ब्ल्याक सागरमा भेटिएको छ। उद्धारमा गएका हेलिकप्टरले विमानको भग्नावेशष भेट्टाएको खबर अन्तर्राष्ट्रिय मिडियामा छ।russian-plane-203924312

यस विमानमा ८ जना चालक दलका सदस्यसहित ९१ जना व्यक्ति सवार रहेका थिए। टियु –१५४ विमान सीचीबाट सिरियाको लताकिया प्रान्त उडेको केही समय पछि राडारबाट सम्पर्क बिहिन भएको थियो।

शहरभन्दा करिब साढे एक किलोमिटर पर समुन्द्र भित्र ५०-७० मिटर भित्र विमानको भग्नावशेष भेटिएको हो। रुसी रक्षा मन्त्रालयले यसबारेमा जानकारी दिएको छ।

स्थानीय समय अनुसार विमान ५:२० बजे सोची एडर एयरपोर्टबाट उडेको विमान करिब २० मिनेट पछि ब्ल्याक सागरको माथी उड्दै गर्दा एयर ट्राफिक कन्ट्रोलरसंग सम्पर्क विहिन बनेको थियो।