१० बैशाख, एजेन्सी ।

बलिउड अभिनेत्री प्रीति जिन्टाले पहिलो पटक आफ्ना पूर्व प्रेमी क्रिकेटर युवराज सिंहको विवाहको विषयमा मुख खोलेकी छिन्। हालै मात्र अमेरिकी युवकसँग विवाह गरेकी प्रीतिले युवराजलाई विवाहमा विशेष उपहार दिन चाहेको बताएकी छिन् ।

उनीहरुको सम्बन्धबारे विगतमा विभिन्न पटक मिडियामा हेडलाइन बनेका थिए । प्रीतिले आफू र युवराजबीचको सम्बन्धबारे स्पष्टिकरण पनि दिनु परेको थियो ।

yubraj prity

तर हालै मात्र एक अखबारलाई दिएको अन्तर्वार्तामा उनले पत्रकारलाई उल्टै सोधेकी छिन्, “के तपाइलाई उनको विवाहको मिति थाहा छ ? छ मैले किन सोध्दैछु भने म उनको लागि विशेष उपहार लिन चाहन्छु” ।

प्रिती जिन्टाका ४ प्रेमी (फोटो फिचर)

आफ्नो युवराजसँग राम्रो सम्बन्ध रहेको बताउँदै प्रितीले हेजल किचसँग विवाह गर्ने तयारीमा रहेका युवराजलाई शुभकामना पनि दिएकी छिन् ।

yubraj prity 1

प्रतिले हाालै मात्र आफ्ना अमेरिकी प्रेमीसँग विवाह गरेकी छिन् ।

गत वर्ष मात्र प्रितीले इन्टरनेशनल विजिनेस टाइम्समा प्रकाशित समाचारप्रति असन्तुष्टी जनाउँदै आफू र युवराजबीच कहिले पनि प्रेम सम्बन्ध नरहेको र आफूहरुले डेटिङ नगरेको स्पष्ट पारेकी थिइन् ।

युवराजसँगको प्रेम सम्बन्धबारे प्रितीले मुख खोलिन्