१६ फागुन, एजेन्सी।

भारतमा महाराष्ट्रको कासारवडवाली भन्ने स्थानमा आईतबार एक व्यक्तिले आफ्नो परिवारका १४ व्यक्तिको घाँटी रेटी हत्या गरेपश्चात आफु फाँसी लगाइ आत्महत्या गरेको खबर छ।

mens kills family and sucide 24335511

हसनैने वरेकर नाकका ती व्यक्तिले हत्या गरेकोमा सात बच्चा, छ महिला र एक पुरुष सामेल छन्। गम्भिर घाइते भएकी एक महिलालाइ अस्पताल भर्ना गरिएको छ।

शनिबार राती भोजमा मुम्बइ र भिवन्डीमा बस्दै गरेका आफ्ना बहिनीहरुलाई हसनैनेले घरमा बोलाएका थिए। सबै आफ्ना आफ्ना बच्चा सहित माइती आइपुगेका थिए।

mens kills family and sucide 34727611

स्थानिय प्रहरीले शुरुवाती जाँच अनुसार घटनाको पछाडी कुनै पारिवारिक विवाद भएको हुनसक्ने बताउँदै वास्तविक कारण पुरै जाँच गरेपछि मात्र थाहा हुने बताएको बिबिसीले जनाएको छ।

यो घटनामा गम्भिर घाइते भएकी हसनैनको भान्जीलाई अस्पतालमा भर्ना गरिएको हो।

प्रहरीको अनुसार शनिबार अबेरसम्म हसनैनको घरमा भोज चल्दै थियो तर करिब १ बजेको आसपास घरबाट चिच्चाएको आवाज आएको थियो।

छिमेकी घर वरिपरि जम्मा भए। निकै बेरसम्म कसैले घरको ढोका खोलेनन् तब प्रहरीलाई सूचना दिइएको थियो।

खानामा नशालु पदार्थ मिसाएर बेहोश गरि चक्कुले घाँटी रेटी हत्या भएको प्रहरीले आशंका गरेको छ। प्रहरी आइपुग्दा हसनैनले आत्महत्या गरिसकेका थिए।