भदौ २९, पर्सा । पर्साको पिपडारीमा भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा एक प्रहरी सहित २ जना घाईते भएका छन् । झडपमा परि शसस्त्र प्रहरीका हवल्दार राजकुमार माझी र पिपडारीका स्थानीय प्रभु चौधरी घाईते भएका छन् ।

कपिल शर्माको घरमा पुलिस प्रवेश !

घाईतेको स्थानीय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । पिपडारीको ओरियाखोलाबाट बालुवा लिन खोज्ने भारतीय तस्करका २ वटा ट्याक्टर शसस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि तस्कर र प्रहरीबीच झडप भएको पर्साका शसस्त्र प्रहरी उपरिक्षक रबिन्द्र ठाकुरले जानकारी दिए । बिगत लामो समयदेखि ओरिया खोलाबाट भारतीय तस्करले बालुवा लिने गरेको सूचनाको आधारमा सशस्त्र प्रहरीको टोली पुगेको थियो ।

यो वर्षकै शक्तिशाली आँधी ताइवान हुँदै चीनतर्फ बढ्यो

प्रहरी टोलीमाथि भारतीय बालुवा तस्करहरुको समुहले ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड हवाई फायर गरेको छ । ओरियाखोलामा बिगतदेखि भारतीय तस्करहरुले बालुवा लिने गरेपछि पटक पटक झडप हुने गरेको छ । यसअघि त्यहाँ भारतीय तस्करहरुले सशस्त्र प्रहरीको हतियार खोस्नुका साथै एक जना सशस्त्रको हात भाँचिदिएका थिए ।