३ असार काठमाडौ । अबिरल बर्षासँगै आएको पहिरोका कारण हेटौडा कुलेखानी काठमाडौ सडकपनि अवरूद्ध भएको छ । सडक अवरूद्ध भएपछि मध्य नेपालका यात्रुलाई काठमाडौ आउन लामो बाटोको यात्रा गर्नुपर्ने भएको छ ।

अबिरल बर्षापछि सडकखण्डको भैसे, सिमखोला, रामभञ्ज्याङ लगायतका स्थानमा पहिरो गएको छ । बर्षाका कारण पहिरो हटाउन कठिनाइ भएको जिल्ला सडक कार्यालय मकवानपुरले जनाएको छ ।

बर्षा रोकिएपछि बाटो खुलाउने प्रयास गरिने इलाका प्रहरी कार्यालय भैसेले जनाएको छ । सोही सडकमार्ग भएर काठमाडौमा तरकारी भत्रिने गरेको थियो।