mohan vaidya३ असार, काठमाडौ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा तथा भावी रणनीतिबारे छलफल गर्न नेकपा माओवादी नेतृत्वको ३३ दलीय गठबन्धनको बैठक बस्दैछ ।

निर्वाचन घोषणाको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्न असन्तुष्ट दलको बैठक बस्न लागेको हो । माओवादी पार्टी कार्यालय बुद्धनगरमा दिउसो २ बजेपछि बस्ने बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने सचिव देव गुरूङले जानकारी दिए ।

बैठकमा उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठकको निर्णय र अन्तरिम मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीको संम्वोधन बारेपनि समिक्षा हुने एक नेताले जानकारी दिए । जनमोर्चा महासचिव साध्यबहादुर भण्डारीले निर्वाचनलाई असयोग गर्ने आन्दोलनका कार्यक्रम ल्याउने जानकारी दिए ।

पछिल्लो पटक तराईमा वितरण गरिएको फर्जी नागरिकता खारेजीलाई समेत आन्दोलनको बिषय बनाइने उनले बताए । ३३ दलले निर्वाचनमा सहभागि हुन उच्चस्तरिय संयन्त्रले गरेको प्रस्ताव अस्वीकार गर्ने बताएका छन् ।