१८ कात्तिक, एजेन्सी ।

पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान तथा अनुभवी अलराउण्डर शोएब मलिकले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । युएइको सारजाहमा भैरहेको इंग्ल्याण्डसँगको टेस्टको तेस्रो दिनको खेल सकिएपछि गएराति भएको पत्रकार सम्मेलनमा उनले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् ।

सन् २०१९ मा हुने विश्वकपमा ध्यान केन्द्रीत गर्नका लागि टेस्ट क्रिकेटबाट सन्यास लिने निर्णय गरेको मलिकले बताए । यस्तै परिवारलाई दिने समय बढाउनका लागि पनि आफूले सन्यासको घोषणा गरेको उनको भनाइ छ ।

soheb mallik

पाकिस्तानका लागि उनले ३५ टेस्ट म्याच खेलेका छन् । जसमा उनले एक हजार ८ सय ९८ रन बनाएका छन् भने २९ विकेट पनि लिएका छन् । उनले तीन वटा टेस्टमा पाकिस्तानको कप्तानी गरेका थिए । इंग्ल्याण्डसँगको जारी टेस्ट सुरु हुनु अघि मात्रै उनले पाकिस्तानको टेस्ट टिममा पुनरागमन गरेका थिए ।