१८ कात्तिक , काठमाडौं ।

भारतीय अखबार अमर उजालाले नेपालका प्रधानमन्त्री केपी ओलीले भारतसँग निहुँ खोजेको भन्दै हेडलाइन बनाएको छ ।

भारतले लगाएको आर्थिक नाकाबन्दी खुलाउनका लागि ओलीले भारतलाई चुनौती दिएपछि कुटनीतिक टकरार बढेको अमर उजालामा समाचार लेखिएको छ ।

amarujyala paper

बीरगञ्जमा भारतीय नागरिक मारिएपछि भारतबाट सेना पठाउन लागिएको आशंका नेपालका मन्त्रीले समेत बोलेको कुरालाई मुख्य विषय बनाएको छ । ओलीले मधेश आन्दोलनमा भारतले मद्दत गरेको भनेर समेत आरोप लगाएको समेत अमर उजालाको समाचारमा उल्लेख छ ।

प्रचण्ड नेतृत्वको पार्टी एकपटक पुनः विभाजित भएको भन्दै समेत अमर उजालाले हेडलाइन बनाएकोछ । एमाओवादीबाट अलग भएकाहरु बाबुराम भट्टराई तिर लागेको समाचारमा उल्लेख छ ।

पछिल्लो समयमा प्रधानमन्त्री ओलीले बोलेका कुरालाई लिएर भारतीय सञ्चार माध्यममा विशेष चर्चा र हेडलाइन बनिरहेका छन् ।

यो पनि पढ्नुस्।
नेपालमा मोदीलाई पश्चाताप मात्र हात लाग्नेछ – भारतीय सम्पादक
नेपालका प्रधानमन्त्रीले भारतलाई दिए कडा चेतावनी- भारतीय मिडिया

भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या बढाउने तयारी

राष्ट्रिय स्वाभिमान उच्च बनाउछु, भारतसँग झुक्दिनः प्रधानमन्त्री ओली