२० असोज, काठमाडौं । सरकारले सचिवहरुको कार्यसम्पादन क्षमता मूल्याङ्कन गर्ने भएको छ । मन्त्रीपरिषद्को आज बसेको बैठकले विभिन्न निकायमा रहेका सचिवको कामको मूल्यांकन गर्न समिति गठन गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।

पाकिस्तानी प्रधानमन्त्रीले सेनालाई भने- आतंकबादी विरुद्ध कारवाही गर

पूर्व सचिव मधुरमण आचार्य संयोजक र सुरेन्द्रमान श्रेष्ठ सदस्य रहेको समितिले सचिवहरुको कार्यसम्पादन क्षमताको विस्तृत अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ । मन्त्रीपरिषदको बैठकले पदावधि सकिएका देशभरका वनपालेहरुलाई निरन्तरता दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।

सुनको भाउ ओरालो लाग्दा पनि कारोबार बढेन

उनका अनुसार दशैं र तिहारका बेला वन फँडानी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै करारका ४ सय ५० जना बनपालेहरुलाई यथावत् राख्ने र नियमित तलवको व्यवस्थापन गर्ने निर्णय गरिएको हो ।

दमकदेखि चीन जोड्ने सडक निर्माण छिट्टै पूरा हुने

मन्त्रीपरिषद बैठकले प्युठानको लुङमा गएको पहिरोमा परी मृत्यु भएकाको परिवारका लागि दशैं खर्चस्वरुप १५ हजार रुपैंया दिने प्रधानमन्त्रीको घोषणालाई अनुमोदन गर्दै दशैं अघि नै उक्त रकम पठाउने निर्णय गरेको छ ।