मानिसको यात्राको लागि बनाइएको हवाइ विमान एक चोटि प्रयोग गरिसकेपछि फेरि पनि प्रयोग गर्न मिल्छ। तर अन्तरिक्षमा पठाउने विमान एकचोटि प्रयोगमा ल्याइसकेपछि त्यसै विमानलाई अर्को चोटि प्रयोग गर्न सकिँदैन। यही समस्यालाई मध्यनजर गर्दै स्पेस एक्सको संस्थापक ‘एलन मस्क’ले पुनः प्रयोग गर्न मिल्ने अन्तरिक्षयानको निर्माणमा लागिपरेका थिए।

कैयौँ मिलियन डलर लगानी गरेर यो भन्दा पहिले पनि दुई वटा विमान बनाइसकेको थियो तर दुबै प्रयास असफल भएको थियो। फेरि पनि स्पेस एक्सले गत आइतबार आफ्नो तेस्रो पुनः प्रयोग गर्न मिल्ने बिमानको परिक्षण गरेको थियो र सो बिमान पनि उड्दाउड्दै बिस्फोट भएको थियो।5. exploded falcon 9उक्त बिमानको नाम ‘फ्यालकन ९’ राखिएको थियो र गत आइतबार परिक्षणको लागि विमान उडाइएको केहि क्षण (२ मिनेट १४ सेकेण्ड पछि) त्यो विमान टुक्रैटुक्रा हुने गरि बिस्फोट भएको थियो। सो बिमान उडेपछि करिब ४० किलोमिटरको उचाइमा १ किलोमिटर प्रति सेकेण्डको गतिमा उडिरहेको थियो। “बिमान पड्किसकेको छ।”- नासाले आफ्नो प्रत्यक्ष प्रसारणको क्रममा यसरी भनेको थियो।

बिमान उड्नुभन्दा अगाडि-1. rocket before launch

rocket launch

अन्ततिक्षतिर लम्किँदै बिमान-2. going to space

3. still going

बिस्फोेट हुनुभन्दा १५ सेकेण्ड अगाडि-4. before explosion
त्यसपछि बिस्फोट भएको अवस्था-5. exploded falcon 9

पड्किनुभन्दा केहि सेकेण्ड अगाडि बिमानबाट बाक्लो धुवाँ निस्केको थियो र केहि क्षणमै विशाल बादलमा परिणत भएको थियो।6. exploded into clouds

त्यसपछि उल्का वर्षाको जस्तो टुक्राहरू जमीनतिर हुइँकिँदै-7. falling debris from falcon 9

“अझै पनि बिस्फोटको कारण भने पत्ता लाग्न सकेको छैन”- असफल बिमान परिक्षणपछि नासाले भने।8. scene from space station

स्पेस एक्सको यो योजनाले विज्ञान-प्रविधिको क्षेत्रमा धेरै नै आशा देखाएको थियो। “अन्तिरक्षयान बनाउँदा करोडौँ डलर खर्च हुने गर्छ। वैज्ञानिकहरू अब धमाधम अन्तरिक्षको बारेमा अनुसन्धान गरिरहने क्रममा सँधै बनाइराख्न पर्ने बिमानको लागि मात्रै धेरै धनको खर्च हुने हुन्छ, त्यसको कारणले पुनः प्रयोग गर्न मिल्ने बिमान भयो भने उक्त अनुसन्धानमा धेरै नै टेवा पुग्दथ्यो। यो बिमानको मुख्य उद्देश्य चाहिँ अन्तरिक्षमा भएका अनुसन्धानकर्ताहरूलाई पृथ्वीबाट चाहिने खाध्यान्न तथा अरू सामानहरू पुर्याइदिने हो। तर हामी हाम्रो प्रयास अझै जारी नै गरिरहन्छौँ। एकदिन विज्ञानको क्षेत्रमा नयाँ इतिहास कायम गर्नेछौँ।”- एलन मस्कले भने।