१९ असार, कञ्चनपुर ।
कञ्चनपुर जिल्लाको पुनर्वासमा भैरहेको मत गणनामा फेरी त्रुटी भेटिएपछि पुनः तनाब सृजना भएको छ । निर्वाचन अधिकृतको कार्यालय पुनर्वासले शनिबार सार्बजनिक गरेको मत परिणाम घोषणामा वार्ड नं. १ को कुल खसेको मत भन्दा १ सय १३ मत बढी भेटिएको थियो । कुल मतदाता ३५६९ मध्ये २६७९ मत खसेको थियो । जसमा गणना भएको मतमा २६८८सदर र १०४ बदर मत देखाइएको थियो , जसको कूल जोड खसेको मत भन्दा ११३ ले बढी हुन आउछ । एमाले ले जित हासिल गरेको सो वार्डमा धादली भएको भन्दै एमाले बाहेकका सबै राजनितीक दलहरु आन्दोलनमा उत्रिएका थिए । आन्दोलनकारी र प्रहरी बिचको झडपमा ३ जना प्रहरी र १२जना भन्दा बढी आन्दोलनकारी घाइते भएका थिए । प्रहरीले लाठी चार्ज संगै अस्वग्यास प्रहार गरेको थियो भने ६ राउण्ड हवाइ फयर गरेको थियो ।

यसैबिच वार्ड नं.२ को मत परिणाममा १५९ मत हराएको छ। वर्ड नं.२ मा खसेको २४९६ मतमा गणना भएको मत मध्ये २२४७ सदर र ९० बदर देखाइएको छ । यो हिसाबलाइ हेर्दा १५९ मत कम देखिएको छ । यस्तै वार्ड नं.५ मा खसेको मत संख्या २४१६ मध्ये गणनामा २३५७ सदर र १०३ बदर देखाइएको छ ।जसको जोड २४६० हुन आउछ । यो भनेको खसेको मत भन्दा ४४ मतले बढी हो ।

यसरी मत परिणाममा फरक फरक आउन थालेपछि राजनितीक दलहरु आन्दोलनमा उत्रिएका छन् । एमाले बाहेकका राजनितीक दलहरुले चुनाबमा धादली भएको भन्दै पुर्नगणना देखि पुन मतदान सम्मका माग राखेर मतगणना घेर्दै नाराबाजी गरेका छन् । एमाले बाहेकका राजनितीक दलहरुले यसलाइ खारेजीको माग गर्दै निर्वाचन कार्यालयमा मुद्धा दर्ता गरेका थिए । निर्वाचन कार्यालयले एक नम्बरमा पुनः गणनाका लागि आदेश दिएको भएपनि २ र ५ मा पनि फेरी यस्तै समस्या सृजना भएपछि तनाब बढेको हो ।

सर्बदलिय बैठकमा सहमती हुन नसकेपछि बैठक भर्खर आठ बजे बिना निश्कर्ष सकिएको छ ।