१७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत पुरुष भलिबल प्रतियोगितामा भारतले स्वर्ण पदक जितेको छ ।

निकै नै प्रतिष्पर्धात्मक खेलमा भारतले पाकिस्तानलाई ३–१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेट जितेको पाकिस्तानले त्यसपछि लगातार तीन सेट हार्न पुग्यो । पहिलो सेट २५ २० ले जितेको पाकिस्तानले त्यसपछि १५–२५, १७–२५ ले क्रमशः दोस्रो र तेस्रो सेट गुमायो ।

चौथो सेटमा बराबरी गर्ने अथक प्रयास गरेपनि संभव भएन । अन्तिममा चौथो सेटमा पाकिस्तान २७–२९ ले हार्न पुग्यो । हारसँगै पाकिस्तानले रजत पदकमा चित्त बुझाएको छ ।