१७ मंसिर, काठमाडौं । साग पुरुष फुटबल प्रतियोगितामा नेपालले सानदार सुरुवात गरेको छ ।

दशरथ रंगशालामा आज भएको खेलमा नेपालले भुटानलाई ४–० गोलको सानदार जित दर्ता गराएको हो । नेपालका लागि कप्तान सुजल श्रेष्ठले २, अभिषेक रिजाल र मिक्चेन तामाङले एक/एक गोल गरेका थिए । जितसँगै नेपालले स्पष्ट ३ अंक जोडेको छ ।

भुटानले हिजो पहिलो खेलमा बंगलादेशलाई १–० हराएको थियो । महिला फुटबलमा पनि नेपालले आज बिजयी सुरुवात गरेको थियो । पोखरामा नेपालले श्रीलंकालाई १–० ले हराएको हो ।