२२ मंसिर, काठमाडौ । चीन सरकारको सहयोगमा बनेको २७ किलोमिटर लामो भित्री चक्रपथ चीनले नै चौडा गरिदिने भएको छ । गतवर्ष नौं किलोमिटरमात्रै चौडा गरिदिन सहमत भएको चीनले अब पुरै विस्तार गरिदिने सहमति गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

चक्रपथको कलंकीदेखि कोटेश्वरसम्मको खण्डमा चौडा पार्ने काम सुरु भैसकेको छ । करीब ७ वर्षमा २७ किमी लामो चक्रपथलाई ८ लेनमा चौंडा गर्नेगरी चिनिया पक्षसँग सहमति भएको मन्त्रालयका प्रवक्ता तुलसीप्रसाद सिटौलाले जानकारी दिए ।

हाल काम सुरू गरिएको साढे नौ किमी लामो कलंकी कोटेश्वर खण्ड ४ वर्षममा सक्ने सम्झौता छ । चिनियाँ प्रधानमन्त्री हु जिन्ताओ नेपाल भ्रमणमा आउँदा सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो । साढे नौ किमि चक्रपथ बिस्तारका लागि करिब चार अर्ब रूपैयाँ सहयोग गर्न चीन सरकार सहमत भएको समाचार आजको नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।