z-rabbit-missile-by-china२२ मंसिर, काठमाडौ । चीनले चन्द्रमामा मिसाइल बेस सेन्टर निर्माण गर्ने योजना बनाइरहेको छ । यो खुलासा चीनका एक विशेषज्ञले गरेका हुन् ।

चीनको नेशनल स्पेस एडमिनिस्ट्रेशन लुनर एक्सप्लोरेशन प्रोगाम सेन्टरका एक विशेषज्ञले एक चिनियाँ समाचारपत्रलाई दिएको जानकारी अनुसार चीनले चन्द्रमामा सैन्य डिपोको रूपमा चन्द्रमालाई प्रयोग गर्ने योजना बनाइरहेको छ । उनले चीनले चन्द्रमामा निर्माण गर्ने बेस सेन्टरबाट पृथ्वीमा मिसाइल प्रहार गर्न सक्ने छ ।

बेजिङ चाइना टाइम्सले पिपुल्स लिब्रेसन आर्मीले चन्द्रमामा २०५० सम्ममा मिसाइल बेस स्थापना गर्न सक्ने बताएको छ । नेशनल स्पेस एडमिनिस्ट्रेशन लुनर एक्सप्लोरेशन प्रोगाम सेन्टरका एक अर्का विशेषज्ञले पृथ्वीको उपग्रह चन्द्रमालाई विशाल हतियारको भण्डारणको लागी प्रयोग गर्न सकिन्छ र यसपछी पृथ्वीमा मिसाइल प्रहार गर्ने कार्य समेत चन्द्रमाबाटै गर्न सकिनेछ ।

यस्तै चीनले चन्द्रमामा बेस सेन्टर स्थापना गरेर हतियार भण्डारण गर्नुका साथै हतियारको परिक्षण समेत गर्न सक्ने बताएको छ भने त्यहाँबाट अन्तरिक्षमा पनि लामो दुरीका यानहरु पठाउन सकिने जनाएको छ ।

केही समयअघि चिनमा मार्च ३ बी नामक रकेटका माध्यमबाट च्याङ ३ लुनर रोवर चन्द्रमामा प्रक्षेपण गरेको थियो । यो मानवरहित उपग्रहको नाम जेड र्याबिट राखिएको थियो । चीनले सन् २०३० सम्ममा चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने योजना बनाइरहेको छ ।