उपचारकै क्रममा भारतको मेदान्त अस्पतालमा निधन भएका पूर्वप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको पार्थिव शरीर आजै अपरान्ह काठमाडौं ल्याउने तयारी भएको छ। राप्रपाको आकस्मिक बैठक बिहीबार बिहान अध्यक्ष पशुपतिशम्शेर राणाको निवासमा बस्दैछ।

अपरान्ह विमानमार्फत ल्याइने थापाको पार्थिव शरीरलाई सिधै मालीगाउँमा लगिनेछ र अन्तिम श्रद्धाञ्जलीका लागि भोली मात्र सार्वजनिक स्थलमा राखिने छ। पाँचपटकसम्म प्रधानमन्त्री भएका वरिष्ठ राजनीतिज्ञ थापालाई सरकारले राजकीय सम्मान दिने तयारी गरेको छ।

पुर्व प्रधानमन्त्री सु्र्यबहादुर थापाको बुधबार राति निधन भएको छ। ८८ वर्षको उमेरको उनको भारतको मेदान्त अस्पतालमा निधन भएको हो। उनको बुधबार राति १० बजेर ५० मिनेटमा निधन भएको हो। क्यान्सरमा पिडित उनको शुक्रवारमात्र अप्रेशन गरिएको थियो। उनको अप्रेशन सफल मानिएपनि श्वासप्रश्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखिएको थियो।

surya bahadur thapaथापा स्वास्थ्य जाँचको लागि चैत १६ गते दिल्ली गएका थिए। उनको शव बिहिबार ल्याउने तयारी गरिएको छ।

नेपाली राजनीतिकमा सधै भुमिकामा रहेका थापा ५ चोटी प्रधानमन्त्री बन्ने भाग्यमानी व्यक्ति हुन्। उनले ३६ सालमा भएको जनमत संग्रहमा बहुदलिय व्यवस्थालाई हराउन ठुलो भुमिका खेलेका थिए।

भारत र तत्कालिन दरबारसंग खास सम्वन्ध भएका थापाले सधै राजनीतिको केन्द्रमा रहे। उनी धनकुट्टाको मुगा गाविसमा जन्मिएका थिए। उनी राजा महेन्द्र, राजा बीरेन्द्र र राजा ज्ञानेन्द्र गरी तीन राजाको शासनकालमा प्रधानमन्त्री भए ।