एजेन्सी ।

बलिउड अभिनेता सलमान खानकी बहिनी अर्पिता खानको जन्मदिनको पार्टी पुलिसले विथोलेको छ । शुक्रबार राति पार्टी चलिरहेको समयमा पुलिस सलमानकी बहिनीको घरमा पुगेको थियो ।

सलमान खान पनि शुक्रबार आफ्नी बहिनी अर्पिताको पार्टिमा थिए । धुमधाम पार्टी चलिरहेको समयमा पुलिस पुगेर पार्टी रोकेको थियो ।

salman khan arpita khan bd party

खासमा मुम्बइमा रहेको सुरक्षा नियम अनुसार राति अवेर सम्म पार्टी गर्न मनाही छ । त्यही नियम अनुसार प्रहरी अर्पिताको घरमा गएर पार्टी बन्द गराएको हो ।

सलमा खानको साथमा त्यतिबेला उनका भाइ अरवाज खान र दबंङ गर्ल सोनाक्षी सिन्हा समेत साथमा थिइन् ।

त्यसैगरी श्रद्धा कपूर, करिश्मा कपूर, सोहा अली खान, एली अवराम र पुलकित सम्राट, कुनाल खेमू समेत पार्टीमा रहेको बताइएको छ ।