१७ साउन, याङ्गुन ।

म्यानमारमा भारी वर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा पनि ३१ पुगेको समाचारमा जनाइएको छ ।

म्यानमार आएको बाढीको कारण एक लाख ५० हजार भन्दा बढी व्यक्ति प्रभावित भएको जनाइएको छ । मध्य र पश्चिमी म्यानमारमा बाढीका कारण अत्यन्त प्रभावित चार राज्यमा सरकारले राष्ट्रिय प्रकोपको समेत घोषणा गरेको छ ।

Mynmar flood

भारी मात्रामा वर्षासँगै म्यानमारका विभिन्न क्षेत्रमा बाढीको प्रकोप निकै बढेको छ । सो बाढीका कारण अरु पनि कयौँ नागरिक हराएका छन् ।

तीन दिनदेखि जारी वर्षा र त्यसपछिको बाढीले कयौँ नागरिक घरबार बिहीन भएका छन् । साथै सो वर्षाका कारण उद्वारको काममा पनि कठिनाई उत्पन्न भएको बताइएको छ ।

Mynmar flood 2

म्यानमारमा बाढीबाट बर्सेनि ठूलो सङ्ख्याका नागरिक घरबारबिहीन हुने गरेका छन् । यस वर्ष पनि ठूलो बाढी आउने जानकारी मौसमविदहरुले दिएका छन् ।

म्यानमार रेडक्रसका अनुसार राखिन राज्यमा मात्र बाढीबाट तीनसय भन्दा बढी घर ध्वस्त भएको जनाइएको छ । त्यसैगरी सो बाढीको कारण करिब १५ सय व्यक्तिलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।

Mynmar flood 1

भारी मौसमी वर्षाको कारण भारत, नेपाल पाकिस्तान र भियतनाममा बाढी र पहिरोबाट सयौं व्यक्तिको ज्यान जाने गरेको छ । रासस÷एएफपी