२८ मंसिर, बीरगंज।

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलन मुलुकको अखण्डता र एकतालाई बलियो बनाउनको लागि भएको बताएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष महतोले यदि मधेस आन्दोलन असफल भए यो देशको लागि निकै ठुलो दुर्भाग्यपूर्ण हुने बताए ।

महतोले घुमाउरो पारामा आफुहरुको आन्दोलन शान्तिपूर्ण हो, यदि कुनै कारण मधेस आन्दोलन असफल भएमा हिन्सात्मक बाटोमा हिडने इच्छा राख्ने र देशकै माग गर्ने पक्षलाई बढी बल पुग्नेमा आफु चिन्तित रहेको पत्रकारलाई जानकारी गराएका थिए ।

महतोले अब मोर्चाले मधेस आन्दोलनलाई सफल बनाउन पुष ३ गतेबाट पुरै तागत लगाएर अन्तिम धक्का दिने निर्णय गरेको जानकारी गराउदै, आगामी पुष ३ गतेका दिन राज्यलाई अन्तिम धक्का दिएर सरकारको सडे गलेको र खोक्रो अडानलाई समाप्त पारेपछि मात्रै मधेसले सफलता पाउने महतोको दावी थियो ।

सीमाङ्कन सहित प्याकेजमा एउटा सहमति र संविधानमा संसोधनको बिषयमा ठोसरुपमा गम्भीरतापूर्वक वार्ता नभएसम्म मधेसमा जारी आन्दोलन र सीमामा गरेको अवरोध नहटने नेता महतोले बताए ।

यो पनि पढ्नुस्।

जर्मन सरकारद्वारा रु साढे तीन अर्ब सहयोग

सभामुखसँग ३ मुख्य दलका शीर्ष नेताको छलफल

बिशिष्ठलाई आजीवन सुविधा दिने प्रस्तावमा ट्रान्सपरेन्सीको आपत्ति