१८ चैत, काठमाडौँ।
पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसका नेता डा रामशरण महत घरको भर्याङबाट लडेर घाइते भएका छन् ।

Dr Ramsharan mahat sad

फाइल तस्बिर

बुधबार दिउँसो लडेर घाइते भएका महतको बाँया खुट्टाको कुर्कुचामा चोट लागेको छ । उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । भर्याङबाट चिप्लिएर लडेका डा महतको कुर्कुचाको हड्डी फुटेको र शुक्रबार शल्यक्रिया गरिने डा महतका सहयोगी रमेश महतले जानकारी दिए।

यसैबीच नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता तथा सांसदले ग्राण्डी अस्पताल पुगी डा महतको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । रासस